चलचित्र पत्रकार संघ पर्साको अध्यक्षमा सूर्यनारायण विक चयन

वीरगन्जः चलचित्र पत्रकार संघ नेपाल पर्साको अध्यक्षमा सूर्यनारायण विक चयन भएका छन् । वीरगन्जमा आइतबार सम्पन्न पहिलो अधिवेशनले विकको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा आनन्द पटेल, सचिवमा रञ्जित यादव, कोषाध्यक्षमा सबनम भट्टराई, सहकोषाध्यक्ष दीपु वर्णवाल चयन भएका छन् । समितिको सदस्यमा समिना रञ्जितकार, रश्मीराज भण्डारी, अखिल पटेल, मनिषा गुप्ता, जय यादव, सन्तोष कुशवाहालगायतलाई चयन गरिएको छ ।
अधिवेशनमा मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव रघुनाथ सापकोटा, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारालगायतको उपस्थिति रहेको थियो ।