रौतहटका पत्रकार फणि महतको निधन


eShilalekh

३० बैशाख २०८२, मंगलवार २३:४०

सिमरा: रौतहटका पत्रकार फणि महतको मंगलबार साँझ निधन भएको छ । महतको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।

महत लामो समयदेखी ब्रेन ट्युमरको उपचार गराइरहेका थिए । पछिल्लो समय उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत थिए ।

महतको शव मंगलबार राती नै रौतहट ल्याउने तयारी भइरहेको छ ।

महत प्रेस चौतारी नेपाल मधेश प्रदेशका संस्थापक अध्यक्ष हुन् । महत अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकको रौतहट संवाददाता थिए भने रेडियो सुप्रीमका संचालक थिए ।

प्रतिक्रिया दिनुहोस्