छिमेक लघुवित्त निजगढद्वारा आयोजित दुई दिने बाख्रा पालन तालिम सम्पन्न

सिमराः छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, निजगढद्वारा आयोजित दुई दिने नमुना गाउँ बाख्रा पालन तालिम बुधबार सम्पन्न भएको छ।
नमुना गाउँ कार्यक्रममा आबद्ध ४९ जना सदस्यलाई संस्थाले तालिम दिएको हो। निजगढ नगरपालिका–१२ अन्तर्गत पर्ने बुङ्जोर र बारथली गाउँ समेटेर बाख्रा पालनको नमुना गाउँ निर्माण गरिएको हो।
सामाजिक विकास तथा ग्राहक संरक्षण विभाग अन्तर्गत आयोजना गरिएको उक्त तालिममा सहभागीहरुलाई प्राविधिक आनन्द भट्टराईले प्रशिक्षण दिएका थिए।

कार्यक्रममा आबद्ध सदस्यहरुलाई संस्थाले उन्नत जातको बोका, फिड सप्लिमेन्ट, जुकाको औषधि, लिभर टोनिक लगायत आर्थिक तथा प्राविधिक सहयोग निःशुल्क रुपमा उपलब्ध गराउने छ।
छिमेक लघुवित्तले आफ्ना सदस्यहरुलाई सुत्केरी भत्ता, छात्रवृत्ति, पूर्ण क्षति विपत्ति कोष, कर्जा चुक्ता गरेबापतको प्रोत्साहन रकम लगायत विभिन्न सुविधाहरू समेत उपलब्ध गराउँदै आएको छ।