गर्मी बढेपछि बिहानी कक्षा संचालन गर्न जीतपुरसिमराको उपमहानगरपालिकाको निर्देशन


eShilalekh

३१ बैशाख २०८२, बुधबार २१:०३

सिमराः गर्मी बढ्दै जान थालेपछि जीतपुरसिमरा उपमहानगरपालिका बिहानी कक्षा संचालन गर्न निर्देश गरेको छ । उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै नगर क्षेत्र भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयलाई बिहानी कक्षा संचालन गर्न निर्देश गरेको हो ।

उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख शिवजी प्रसादले विहीबारदेखि लागू हुने गरी बिहानी कक्षा संचालन गर्न निर्देशन दिएका हुन् । उनले अर्को सूचना जारी नभएसम्म तोकिएको समय अवधि नघटाई कक्षा संचालन गर्न समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्