वीरगन्जका दुईजना खैरो हेरोईनसहित मकवानपुर प्रहरीद्वारा पक्राउ


eShilalekh

१ जेष्ठ २०८२, बिहीबार १८:४०

सिमराः वीरगन्जका दुईजनालाई लागूऔषध खैरो हेरोईनसहित मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका ५ का २० वर्षीय करण राय र २९ वर्षीय उपेन्द्र रायभर रहेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका १५ स्थित चेकप्वाइन्टमा सवारी जाँच गर्ने क्रममा लागूऔषध बरामद भएको हो ।

वीरगन्ज बाट हेटौंडातर्फ गइरहेको म १ प २१८ नम्बरको पर्यटक बस रोकेर जाँच गर्दा रायको झोलाभित्र ‘भिभो’ लेखिएको मोबाइल चार्जरमा लुकाई राखिएको अवस्थामा १८ ग्राम १५० मिलिग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिइ लागूऔषध सम्बन्धी कसुरअन्तर्गत पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्