हावाहुरीले भत्कायो घर, स्थानीयले जुटाए ६१ हजार सहयोग


eShilalekh

२ जेष्ठ २०८२, शुक्रबार १४:०९

सिमराः हावाहुरीले क्षति पुर्याएको एक स्थानीयको घर पुर्ननिर्माण गर्न जीतपुरसिमरा उपमहानगरपालिका १६ पिलुवाका स्थानीयले सहयोग रकम जुटाएका छन् ।

हावाहुरीका कारण ढलेको रुखले स्थानीय सीता नेपालको घरमा क्षति पुर्याएपछि स्थानीयले पुर्ननिर्माणका लागि सहयोग रकम जुटाएका हुन् ।

नेपालको घर मर्मत गर्न स्थानीयले ६१ हजार रकम संकलन गरी हस्तान्तरण गरेको जीतपुरसिमरा १६ का वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिएका छन् । स्थानीयबासीले देखाएको मानवियताको प्रशंसा गर्दै खरेलले सामाजिक एकताको उदाहरण प्रस्तुत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्