गृहमन्त्री लेखीद्वारा निर्माणाधीन थारु कुटीको स्थलगत निरीक्षण


eShilalekh

२ जेष्ठ २०८२, शुक्रबार १९:०४

सिमराः मधेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले जनकपुरमा निर्माणाधीन थारु कुटीको स्थलगत निरीक्षण गरेका छन् ।

प्रदेश सरकारको प्रवक्तासमेत रहेका मन्त्री लेखीले थारु कुटी निर्माण कार्यको गुणस्तर र प्रगतिको मूल्याङ्कन गर्न जनकपुरधाममा स्थलगत अवलोकन गरेका छन्। ।

चालु आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत ३५ लाख रुपैयाँको कुल लागतमा थारु समुदायहरुको थारु कुटी मन्त्री लेखीको विषेश पहलमा निर्माण हुन लागेको हो ।

निरीक्षणमा गृहमन्त्री लेखीले हाल सम्मको निर्माण कार्य संतोषजनक रहेको प्रतिक्रिया दिदै बाँकी रहेको कार्य पनि समयमै सम्पन्न हुने गरी गुणस्तरीय रुपमा गर्न निर्माण कार्यमा संलग्न प्राविधिक तथा कामदारहरुलाई आदेशात्मक निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस्