दुईवटा मोटरसाइकल ठोकिँदा दुवै चालकको मृत्यु


eShilalekh

६ जेष्ठ २०८२, मंगलवार २२:३३

सिमराः सर्लाहीको बागमती नगरपालिका ४ जिरायतमा मंगलबार साँझ दुईवटा मोटरसाइकल एकआपसमा ठोकिँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन् ।

पुतली चोकबाट सोल्टी बजारतर्फ जाँदै गरेको प्रदेश–३–०२–००६ प ७८६८ र विपरित दिशाबाट आउँदै गरेको बा५६प ५२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो । दुर्घटनामा ५२६ नम्बरको मोटरसाइकल चालक रौतहट बिसुनपूर्वाका ३३ वर्षीय नागेन्द्र साह सोनार र अर्को मोटरसाइकलका चालक काठमाडौं महानगरपालिका २३ वसन्तपुरका ३० वर्षीय विवेक मानन्धरको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै दुवैलाई उपचारका लागि अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा ५२६ नम्बरको मोटरसाइकल पछाडि सवार भारत बिहार राज्य बकुलियाका ३४ वर्षीया मुनिदेवी साह सोनार र रौतहटको विसुनपूर्वा गाउँकी ३२ वर्षीया चनचलदेवी साह घाइते भएका छन् । घाइते दुबैको वीरगन्जस्थित अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्