बाल एकता कलेजद्वारा “रुपेश स्वर्णकार छात्रवृत्ति” को घोषणा

सिमराः बाल एकता सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल +२ बिज्ञान तथा म्यानेजमेन्ट कलेजले दिवंगत पूर्वप्रधानाध्यापक रुपेश स्वर्णकारको स्मृतिमा “रुपेश स्वर्णकार छात्रवृत्ति” सार्वजनिक गरेको छ।
विद्यालयले स्वर्णकारको निधनको दोस्रो वार्षिक स्मृति अवसरमा उक्त छात्रवृत्ति योजना घोषणा गरेको हो। स्वर्णकारको नेतृत्वमा विद्यालयले गुणस्तरीय शिक्षामा पुर्याएको योगदानलाई सम्झिँदै छात्रवृत्ति कार्यक्रम सुरु गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रबन्ध निर्देशक सुमोध कुमार सर्राफका अनुसार, कक्षा ११ मा भर्ना हुन चाहने १० जना विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ। छात्रवृत्तिको लागि विद्यार्थीहरूको छनोट प्रतिस्पर्धात्मक प्रवेश परीक्षामार्फत गरिने र परीक्षा मिति चाँडै सार्वजनिक गरिने विद्यालयले जानकारी दिएको छ।
पूर्वप्रधानाध्यापक स्वर्णकारको २०८० साल कार्तिक १३ गते कलैयामा गोली प्रहार गरी हत्या गरिएको थियो ।