पत्रकार महासंघको भवन निरीक्षण गर्दै सांसद समीरले भने, ‘स्तरोन्नतिका लागि सहयोग गर्छु’


eShilalekh

१० जेष्ठ २०८२, शनिबार २०:२४

सिमराः मधेश प्रदेशसभा सदस्य एवम् नेकपा एमालेका केन्द्रीय सदस्य महमद समीरले शनिबार नेपाल पत्रकार महासंघ बाराको भवनको निरीक्षण गरेका छन् । भवनको निरीक्षण गर्दै सांसद समीरले आगामी वर्ष पत्रकार महासंघको भवन स्तरोन्नतिका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

‘पत्रकार महासंघको भवन सुविधासम्पन्न हुन जरुरी छ’ भवन निरीक्षणका क्रममा सांसद समीरले भने ‘आगामी वर्षको संसदीय बजेटमा भवन स्तरोन्नतिको योजनालाई समावेश गर्नेछु ।’

महासंघको भवन सांसदको समीरको निर्वाचन क्षेत्रभित्र समेत पर्छ । सांसद समीर बारा निर्वाचन क्षेत्र ३(२) बाट मधेश प्रदेशसभा सदस्यमा नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

भवन निरीक्षणका क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, बाराका अध्यक्ष रमेश सुवेदी, सदस्य धिरेन्द्र तिवारीलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्