प्रसौनी गाउँपालिका ६ का वडाध्यक्ष पक्राउ


eShilalekh

११ जेष्ठ २०८२, आईतवार १४:२०

सिमराः बाराको प्रसौनी गाउँपालिका ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई प्रहरीले आईतबार पक्राउ गरेको छ ।

कुशवाहालाई वडा कार्यालयको कार्यकक्षबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बारा जिल्ला अदालतबाट कुटपिट, चेक बाउन्स र अपराधिक लाभ सम्बन्धी तीन छुट्टाछुट्टै कसुरमा दोषी ठहर भई सजाय सुनाइएकाल कुशवाहालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अदालतको फैसला कार्यान्वयन गर्नका लागि आरोपी कुशवाहालाई पक्राउ गरिएको हो । पक्राउ परेका वडाध्यक्ष कुशवाहालाई सोही दिन बारा जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्