महालक्ष्मी विकास बैंकद्धारा ३१ महिला उद्यमी सम्मानित


eShilalekh

११ जेष्ठ २०८२, आईतवार २०:०७

सिमराः स्थापनाको ३१औं वर्षमा प्रवेश गरेको अवसरमा महालक्ष्मी विकास बैंकले देशभरीका ३१ जना महिला उद्यमीलाई सम्मान गरेको छ । देशभरीका विभिन्न शाखामार्फत बैंकले ती उद्यमी महिलाहरुलाई सम्मान गरेको हो ।

वर्षिकोत्सवको अवसर पारेर साताव्यापी कार्यक्रम आयोजना गरेको महालक्ष्मी विकास बैंकले महिला उद्यमीलाई उर्जा थप्न र अन्य महिलालाई उद्यममा आकर्षित गर्ने उदेश्यले सम्मान गरेको हो । सम्मानले महिला उद्यमशिलतालाई प्रबद्र्धन गर्ने बैंकको अपेक्षा छ ।

बैंकले वार्षिकोत्सवका अवसरमा देशभरका विभिन्न १० र केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । उक्त कार्यक्रममा तीन सय २० जना सहभागी भएर रगत दान गरेका थिए ।

बैंकको केन्द्रीय, प्रादेशिक र शाखा कार्यालयले वार्षिकोत्सवका अवसरमा वित्तिय साक्षरता, प्रभातफेरी, संस्कृति जगेर्ना गर्ने उदेश्यले स्थानीय भेषभुषाको प्रवद्र्धन, केन्द्रीय कार्यालयमा आँखा शिविरलगायतका कार्यक्रम समेत आयोजना गरेको थियो । प्रभातफेरी कार्यक्रममा मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जालगायतको विषयमा सचेतना प्रदान गरिएको थियो ।

वार्षिकोत्सवकै अवसर पारेर बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेटको चौथो संस्करण जेठ २१ गतेदेखि २४ गतेसम्म आयोजना गर्ने भएको छ । बैंकले यसअघि तीन संस्करणको आयोजना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्