राष्ट्रिय युवा संघ नेपालमा बाराका आलमसहित चार जना निर्वाचित


eShilalekh

१४ जेष्ठ २०८२, बुधबार १०:२९

सिमराः नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको सचिवमा बाराका मोबिन आलम निर्वाचित भएका छन् । दसौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि पोखरामा भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार क्षितिज थेवेको समूहमा चुनाव लडेका आलम लोकप्रिय मतसहित निर्वाचित भएका हुन् ।

सचिव (मधेसी) पदमा आलमले सात सय ४३ मत प्राप्त गर्दा अर्का उम्मेदवार चितरञ्जन यादवले चार सय ८० मत पाए । आलम दुई सय ६३ मतको मतान्तरले निर्वाचित भएका हुन् ।

आलम युवा संघमा दोस्रो पटक केन्द्रीय सचिवमा निर्वाचत भएका हुन् । यसअघि नेपालगञ्जमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनले वर्तमान अध्यक्ष थेवेको नेतृत्वमा सर्वसम्मत् कार्यसमिति चयन गर्दा आलम सचिव चुयन भएका थिए ।

नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य समेत रहेका इन्जिनियर आलम युवामाझ लोकप्रिय छन् । उनी पूर्व सांसद नेजमा खातुन र नेकपा एमालेका स्वर्गीय नेता महमुद आलम छोरा हुन् ।

यसैगरी केन्द्रीय सदस्यमा बाराका तीन जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा परवानीपुरका रामजी यादव (राम), जीतपुरसिमराकी लक्ष्मी आचार्य (भावना) र निजगढकी शर्मिला केसी (दीपिका) रहेका छन् । यादव मतदान प्रक्रियाबाट निर्वाचित भएका हुन् भने अन्य दुई जना निर्विरोध भएका थिए । यादवले ७१ मत प्राप्त गर्दा बिजय तिमिल्सिनाले ३० मत पाएका थिए ।

यादव नेकपा एमाले परवानीपुर गाउँपालिकाका अध्यक्ष हुन् भने आचार्य एमाले बाराकी उपसचिव हुन् ।

प्रतिक्रिया दिनुहोस्