गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारमा रक्तदान कार्यक्रम सम्पन्न


eShilalekh

१५ जेष्ठ २०८२, बिहीबार १५:३१

सिमराः गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागार कार्यालयमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

डा.गोविन्द बहादुर थापा स्मृति प्रतिष्ठान र प्रभु हस्पिटलको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कारागारमा रहेका थुनुवा, कैदीबन्दी, तीन महिला र सशस्त्र प्रहरीसहित कुल १४० जनाले रक्तदान गरेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कैदी जीवन बिताइरहेका कैदीबन्दीले रक्तदान गरेर उदाहरणीय कार्य गरेको बताए ।

यसैगरी कार्यक्रमका संयोजक दिलीपराज कार्कीले वीरगन्जमा रगतको अभाव महसुस भएकोले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

रक्तदान कार्यक्रममा पर्साका प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका सूचना अधिकारी देवेन्द्रबहादुर सिंह, कारागारको सुरक्षा व्यवस्थापन हेर्दै आइरहेको सशस्त्र प्रहरीका नायब उपरीक्षक सुवर्ण पोखरेल, कारागार कार्यालय वीरगन्जका निमित्त प्रमुख रूपक मण्डल र अन्य सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्