जीतपुरको लल्का पुलमा २१ वटा राष्ट्रिय झण्डा लगाइयो

सिमराः बाराको जीतपुरसिमरा ७ मा रहेको लल्का पुलमा विहिबार खस आर्य समाज सिमराले राष्ट्रिय झण्डा लगाएको छ ।
गणतन्त्र दिवसका अवसरमा सौन्दर्यकालागी २१ वटा राष्ट्रिय झण्डा लगाईएको खस आर्य समाजका सचिव रामकुमार अर्यालले जानकारी दिए । जीतपुरसिमरा उपमहानगरपालिका २ को सहयोगमा झण्डा लगाउने कार्य गरिएको हो ।

कार्यक्रममा खस आर्य समाजका अध्यक्ष शरद पराजुली, जीतपुरसिमरा २ का अध्यक्ष धनबहादुर श्रेष्ठ, सचिब झलक भट्टराई, विरेन्द्र बास्कोटा लगायतको उपस्थिती रहेको थियो ।