वीरगन्जमा पानी जमेको नालामा डुबेर एक जनाको मृत्यु

सिमराः पर्सामा पानी जमेको नालामा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका १६ नागवाका ५९ वर्षीय अरुण लाल कर्ण रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनी अल्जाइमर रोगले ग्रसित थिए । जेठ १६ गते उनी दाह्री काट्न जान्छु भनेर घरबाट निस्किएका थिए । रातिसम्म घर नफर्किदा परिवारले प्रहरीलाई जानकारी दिएको डिएसपी किशोर लम्सालले बताए ।
प्रहरीले खोजी गर्ने क्रममा वीरगन्ज १६ नयाँ बस्ति स्थित खेतमा जमेको पानीमा कर्णको शव फेला परेको जनाएको छ ।
प्रहरीले घटनाको जाँच मुचुल्का गरी शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।