बाराको नौतनबाट मानसिक सन्तुलन गुमाएका एक पुरुषको उद्धार

सिमराः बाराको नौतन चोकबाट मानसिक सन्तुलन गुमाएका एक पुरुषको आईतबार उद्धार गरिएको छ ।
मानवसेवा आश्रम वीरगन्ज शाखाले ती पुरुषलाई सडकबाट उद्धार गरी आश्रममा लगेको हो । उद्धार गरिएका अन्दाजी ४५ वर्षीय पुरुषले आफूलाई ‘ठाकुरजी’ भनेर चिनाएका छन् । उद्धार पश्चात उनको सरसफाइ तथा प्रारम्भिक स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।
उद्धार कार्यमा मानवसेवा आश्रम वीरगन्जका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता तथा अभिभावक प्रकाश थारु, ईलाका प्रहरी कार्यालय प्रसौनीका इन्सपेक्टर टुपेन्द्र श्रेष्ठ, नगर प्रहरीका समसुल मिया धोबी र स्थानीयको सक्रिय भूमिका रहेको थियो ।
मानवसेवा आश्रमले सडकमा बेवारिसे, असहाय तथा मानसिक रूपमा असन्तुलित अवस्थामा रहेका व्यक्तिहरूको उद्धार गर्दै आएको छ ।