कलैयामा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु

सिमराः बाराको कलैयामा आईतबार दिउँसो टिपरले ठक्कर दिदाँ एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत बिहार घोडासहन घर भएकी ५ वर्षीय सिवानी गुप्ता रहेकी छन् । कलैया उपमहानगरपालिका १ स्थित बालमन्दिर अगाडी टिपरले ठक्कर दिदाँ उनको मृत्यु भएको हो ।
मृतक बालिका कलैयामा आफ्नो मामाघर आएकी थिइन । आमा सङ्गै बाटो काट्ने क्रममा ना १ क ८०५६ नम्बरको टिपरले उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घघटनापछि गम्भीर घाइते भएकी गुप्तालाई तत्कालै एलएस न्युरो अस्पताल पुर्याइएको थियो । एल एस न्युरो अस्पतालका प्रशासन शाखा प्रमुख नन्देश सिंहले उपचारका क्रममा गुप्ताको मृत्यु भएको बताएका छन् ।
टिपर चालकलाई नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।