यातायात व्यवसायीद्धारा पथलैयामा प्रदर्शन

सिमराः सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आहवानमा सोमबार देशभर सार्वजनिक यातायात ठप्प छ । व्यवयायीहरु आफ्नो सवारी साधन ग्यारेजमा थन्क्याएर सडकमा उत्रिएका छन् ।
जसका कारण यात्रु समस्यामा परेका छन् भने राजमार्ग सुनसान बनेको छ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
केन्द्रीय संघर्ष समितिको कार्यक्रम बमोजिम पथलैयामा पनि यातायात व्यवसायीले प्रदर्शन गरेका छन् । पथलैयाको राजमार्गमा उत्रिएर यातायात व्यवसायीले प्रदर्शन गरेका छन् । व्यवसायीको प्रदर्शनका लागि यातायात अवरुद्ध बनेको छ ।
यसैबीच यातायात व्यवसायीका र गृह मन्त्री रमेश लेखकबीच मन्त्रालयमा छलफल भएको छ । छलफलमा आन्दोलनको निकास निकाल्नका लागि समिति बनाउने सहमति भएको छ । समितिमा सरकारका तर्फबाट विभिन्न मन्त्रालयबाट आठ जना र यातायात व्यवसायी तथा मजदुरको तर्फबाट चारजना सदस्य रहने छन् ।