पर्सा प्रहरीद्वारा लागुऔषध गाँजासहित मोटरसाइकल बरामद, चालक फरार


eShilalekh

१९ जेष्ठ २०८२, सोमबार १८:०३

सिमराः पर्सा प्रहरीले सोमबार दिउँसोे लागुऔषध गाँजासहित एउटा मोटरसाइकल बरामद गरेको छ । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ टाँडीस्थित नेपाल–भारत सीमा नजिक ३० किलो लागुऔषध गाँजासहित एउटा मोटरसाइकल बरामद गरेको हो ।

प्रहरी चौकी पाण्डेपुरका प्रहरी सहायक निरीक्षक बिनोदप्रसाद यादव र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साका प्रहरी हवल्दार अनिरुद्रप्रसाद यादवको नेतृत्वमा खटिएको संयुक्त टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआर०५ एजे ९०७० एफ नम्बरको मोटरसाइकलबाट करिब ३० किलो गाँजा बरामद गरेको हो । सो क्रममा चालक भने फरार भएको प्रहरको भनाई छ ।

बरामद गरिएको गाँजा र मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्