जीतपुरसिमरा १८ मा मृत भेटिए श्रीपुरका नन्दु महरा


eShilalekh

१९ जेष्ठ २०८२, सोमबार १८:३६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १८ लामिडाँडा नजिकैको बंकुल सराइतर्फ जाने कृषि सडक छेउमा सोमबार दिउँसो एक व्यक्ति मृत फेला परेका छन् ।

कलैया उपमहानगरपालिका २४ श्रीपुरका करिब ६० वर्षीय नन्दु महरा चमारको शव फेला परेको स्थानीय संचारकर्मी पुष्पराज खतिवडाले जानकारी दिएका छन् ।

घटनास्थलमा प्रहरी चौकी जैतापुर र ईलाका प्रहरी कार्यालय सिमराको टोली पुगेको छ । मृत्युको कारण खुल्न सकेको छैन ।
स्थानीयका अनुसार महरा केही दिनदेखि बिरामी थिए ।

प्रतिक्रिया दिनुहोस्