सर्लाहीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सिमराः सर्लाहीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मलंगवा नगरपालिका ४ का ३५ वर्षीय घनश्याम राय रहेका छन् ।
सर्लाही बरहथवा नगरपालिका १७ वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोल तर्फ जाँदै गरेको ना ४६ प २८२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलभन्दा तिन मिटर तल खस्दा रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज कुमार राईले बताएका छन् ।
दुर्घटनामा घाईते भएका रायको टाउको, निधार र दुबै आँखामाथि गहिरो चोट लागेको थियो । तत्काल उनलाई बरहथवा स्थित निजी अस्पतालमा लगिएको थियो ।
घाइतेको अवस्था गम्भीर भएपछि थप उपचारका लागि उनलाई बाराको एलएस न्युरो अस्पताल लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको मोटरसाइकल ईलाका प्रहरी कार्यालय मुर्तियाको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धी अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।