कलैयामा वातावरण दिवस र ट्राफिक सचेतना सप्ताह सुरु


eShilalekh

२२ जेष्ठ २०८२, बिहीबार ०९:२६

कलैयाः विश्व वातावरण दिवस २०७५ तथा ट्राफिक सचेतना सप्ताह बिहीबारदेखि कलैयामा सुरु भएको छ। कार्यक्रमको उद्घाटन कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह, बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, प्रहरी उपरीक्षक सन्तोष तामाङ र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले संयुक्त रूपमा गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख साहले वातावरण संरक्षण र ट्राफिक नियमको पालनालाई गम्भीरताका पूर्वक लिनुपर्ने बताए । ‘हामीले वातावरणलाई स्वच्छ राख्नु र सडकमा अनुशासन कायम गर्नु आजको प्राथमिकता हो’ साहले भने।

कलैया उपमहानगरपालिका, डिभिजन वन कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। सचेतना सप्ताहअन्तर्गत विभिन्न सडक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम, वातावरण संरक्षण सम्बन्धी र्‍याली तथा वृक्षारोपण अभियान सञ्चालन गरिने आयोजकले जनाएको छ ।

तस्वीरः सञ्जय तिवारी

प्रतिक्रिया दिनुहोस्