पप्पु कन्स्ट्रक्सनका सञ्चालकको बुहारी श्रुती रौनियार पक्राउ


eShilalekh

२२ जेष्ठ २०८२, बिहीबार १४:०३

वीरगन्जः पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारकी बुहारी श्रुती रौनियारलाई प्रहरीले विश्वासघात र ठगी सम्बन्धी अभियोगमा काठमाडौंबाट पक्राउ गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रुतीलाई पक्राउ गरेको हो । उनलाई पर्सा ल्याउने तयारी भईरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले श्रुतीलाई पक्राउ गरी पठाउन पत्राचार गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो ।

श्रुतीमाथि विश्वासघात र आर्थिक ठगीको आरोप लागेको बताइएको छ। घटनाको विस्तृत विवरण भने पर्सा प्रहरीबाट आधिकारिक रूपमा आउन बाँकी छ। पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले श्रुती पक्राउ परेको सुनेपनि आधिकारिकरुपमा जानकारी भने आउन बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्