सिमराकी डिएसपी वाइवाको ६ महिनामै सरुवा, जोशी आउँदै


eShilalekh

२२ जेष्ठ २०८२, बिहीबार १२:३८

सिमराः ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक (डिएसपी) सुभद्रा लामा वाइवाको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार वाइवाको सरुवा गरेको हो ।

वाइवाको स्थानमा प्रहरी नायब उपरीक्षक वेद जोशी आउने बुझिएको छ । प्रधान कार्यालयले केही कुरा बुझ्नुपर्ने भन्दै वाइवालाई काठमाडौं बोलाएर अर्को डिएसपी पठाउन लागेको हो ।

वाइवा गत पुसमा मात्रै सिमरा आएकी थिईन् । सामान्यतय कार्यालय प्रमुखको कार्यकाल एक वर्ष रहने व्यवस्था छ । तर उनलाई ६ महिनामै सरुवा गरिएको हो ।

वाइवा पछिल्लो पटक जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंसंग तेलको कुपनको विषयलाई लिएर विवादमा तानिएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्