खैरो हेरोईनसहित एक जना पक्राउ

सिमराः महोत्तरीको जलेश्वर नगरपालिका २ का ३२ वर्षीय सिकेन्द्र साहलाई प्रहरीले लागूऔषध खैरो हेराईन (ब्राउन सुगर) सहित पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार जलेश्वरबाट बर्दिबासतर्फ जाँदै गरेको लु२च २१२४ नम्बरको कारलाई रामानन्द चोकमा रोकी चेकजाँच गर्दा चकलेटको बट्टाभित्र सेतो प्लास्टिकमा लुकाइ राखिएको ५० ग्राम ब्राउन सुगर बरामद गरिएको हो। कार साहले चलाईरहेका थिए ।
प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता शैलेन्द्रकुमार भट्टले लागूऔषधसहित साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिए।