सिमराबाट काठमाडौं फर्कदै गर्दा नेता माधवकुमार नेपालले भने ‘मैले कल्पना पनि गरेको थिईन’

सिमराः पूर्वप्रधानमन्त्री एव्म नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूविरुद्ध दायर भएको मुद्धाको घटनाले स्तब्ध भएको बताएका छन् ।
सिमराबाट काठमाडौं फर्कने क्रममा सिमरा विमानस्थलमा संचारकर्मीसंग छोटो प्रतिक्रिया दिँदै नेता नेपालले आफूलाई स्तब्ध बनाएको बताए ।
‘म स्तब्ध भए, मैले कल्पना पनि गरेको थिईन’ नेता नेपालले भने ‘मैले कुनैपनि अनुचित रकम लिएको छैन । भष्ट्राचारजन्य काम पनि गरेको छैन ।’
नेता नेपालले आफूले कुनै मन्त्रीलाई त्यस्तो काम गर्न निर्देशन पनि नदिएको दाबी गरेका छन् । उक्त मुद्धामा आफूलाई जोड्न खोज्नु पूर्वाग्रहबाहेक अरु केही नभएको नेता नेपालको भनाई थियो ।

संचारकर्मीसंग अत्यन्तै छोटो प्रतिक्रिया दिएका नेता नेपाल काठमाडौं फर्किएका छन् । उनि बिहान काठमाडौंबाट सिमरा हुँदै रौतहट गएका थिए ।
रौतहट पुगेको केही समयमै नेता नेपालविरुद्ध मुद्धा दायर भएको खबर आएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्धा दायर गरेको छ ।