पथलैयास्थित धर्मेश्वर महादेव मन्दिर संरक्षण समितिको अधिवेशन सम्पन्न


eShilalekh

२५ जेष्ठ २०८२, आईतवार १५:३३

सिमराः बाराको पथलैयास्थित धर्मेश्वर महादेव मन्दिरको संरक्षणमा सक्रिय धर्मेश्वर महादेव मन्दिर संरक्षण समितिको पाचौं वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ ।

पथलैयामा सम्पन्न अधिवेशनले पार्वती फुल्जेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नवराज अधिकारी, सचिवमा भुवन थापा र कोषाध्यक्षमा विष्णु पौडेल चयन भएका छन् । यसैगरी सदस्यमा सतेन्द्र शाह, हरि श्रेष्ठ, लक्ष्मी थापा, पार्वती लम्साल, सिता आचार्य, सिता थापा र सम्झना भट्टलाई चयन गरिएको छ ।

यसअघि अधिवेशनको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष हिराबहादुर गुरुङले गरेका थिए । सो कार्यक्रममा वडा कार्यालयले पथलैयास्थित भजन मण्डलीलाई वाद्यवादन सामग्री हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्