मानवत–मटिअर्वा सडकखण्डमा अटो दुर्घटना, पाँचजना घाइते

कलैयाः बाराको कलैया उपमहानगरपालिका १२ स्थित मानवत–मटिअर्वा सडक खण्डमा अटो दुर्घटना भएको छ । केही बेरअघि भएको दुर्घटनामा पाँच यात्रु घाइते भएका छन् ।
कलैयाबाट मटिअर्वातर्फ जाँदै गरेको म.प्र.-०३-००१ ह १८५४ नम्बरको अटो सितलपुर मठ नजिकै दुर्घटनामा परेको हो । घाइते भएका सबै यात्रुलाई उद्धार गरी उपचारका लागि कलैयास्थित अस्पतालमा ल्याइएको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । स्थानीयले समयमै उद्दार कार्यमा सहयोग गरेका थिए । घटनाको पूर्ण विवरण आउँन बाँकी छ ।