वीरगन्ज बाइपासमा कार दुर्घटना, एकको मृत्यु, तीन घाइते


eShilalekh

२५ जेष्ठ २०८२, आईतवार १७:००

वीरगन्जः वीरगन्जको बाइपास सडकखण्डमा केही बेर अगाडि भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बिआर ५५बी ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भई सडकमै पल्टिएको थियो। मृतकको पहिचान खुल्न बाँकी छ। घाइतेहरूको उपचार भइरहेको छ।

दुर्घटनाको कारण र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्