रामेछापबाट हराएका वृद्ध वीरगञ्जमा फेला, आफन्तको जिम्मा लगाइयो

सिमराः रामेछापबाट तीन दिन अघि हराएका ८२ वर्षीय वृद्धलाई पर्सा प्रहरीले फेला पारी परिवाको जिम्मा लगाएको छ । रामेछापको मन्थली नगरपालिका १ का ती वृद्धलाई वीरगञ्ज महानगरपालिका १५ स्थित लामा होटल आसपासको क्षेत्रमा प्रहरीले फेला पारेको हो ।
जेठ २४ गते आफ्नै घरबाट हराएको भन्ने सूचना प्राप्त भएपछि खोजतलासका लागि खटिएको प्रहरी टोली र आफन्तको सक्रियतामा वृद्धलाई फेला पारिएको पर्सा प्रहरीले जनाएको छ । वृद्धलाई आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाएर घर पठाएको प्रहरीले जानकारी दिएको छ।