गर्मीका कारण कलैयाका सबै विद्यालय तीन दिनका लागि बन्द


eShilalekh

२७ जेष्ठ २०८२, मंगलवार १२:३२

कलैया: अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर देखिएपछि कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ २८ गतेदेखि ३० गतेसम्म बन्द रहने जनाएको हो ।

शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख राजिव कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा अत्यधिक तापमानका कारण विद्यार्थीहरूमा समस्या देखिन थालेकाले विद्यालय बन्द गर्नुपरेको उल्लेख छ। विद्यालयहरू असार १ गतेदेखि पुनः नियमित रूपमा सञ्चालन गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्