कबीर जयन्तीको अवसरमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा


eShilalekh

२८ जेष्ठ २०८२, बुधबार १२:२८

सिमराः कबीर जयन्तीको अवसरमा मधेश प्रदेश सरकारले आज (बुधवार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मधेश प्रदेश सरकारको चैत २२ गते प्रकाशित राजपत्रअनुसार सार्वजनिक बिदा दिईएको हो ।

कबीर जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय यसअघि नै भईसकेको थियो । गृह, सञ्चार तथा सूचना मन्त्रालयले बैशाख २१ गते सूचना प्रकाशन गरी जेठ २८ गते बिदा दिने जानकारी गराएको थियो ।

कबीर जयन्तीको सांस्कृतिक महत्वलाई सम्मान गर्दै प्रदेश सरकारले बिदा दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्