वीरगन्जमा आयोजित सडक सुरक्षा सप्ताह सम्पन्न, ट्राफिक सचेतनालाई निरन्तरता दिने प्रतिबद्धता


eShilalekh

२८ जेष्ठ २०८२, बुधबार १९:०३

वीरगन्जः सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘सुरक्षित सडक, सुरक्षित समाज’ भन्ने नाराका साथ वीरगन्जमा आयोजित सडक सुरक्षा सप्ताह बुधवार सम्पन्न भएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंजको समन्वयमा सप्ताह जेठ २२ गतेदेखि आयोजना गरिएको थिया ।

टाउनहलमा आयोजित समापन समारोहमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले ट्राफिक व्यवस्थापन सुधारका लागि सबै सरोकारवालाबीच आपसी समन्वय आवश्यक रहेको बताए । सिंहले त्यसका लागि महानगरपालिका समन्वय गर्न तयार रहेको बताए ।

पर्साका प्रहरी प्रमुख गौतम मिश्रले सडकमा परिचालन हुने ट्राफिक प्रहरीलाई स्रोत–साधनसहित बलियो बनाउँदै लगिनुपर्ने बताए ।

कार्यक्रममा नगर उपप्रमुख ईम्तियाज आलम, नेपाली सेना, सशस्त्र प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधि, विद्यार्थीलगायत सयौंको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्