पकाहामैनपुरमा ४५ लाखको लागतमा निर्माण हुने सडक तथा नालाको शिलान्यास


eShilalekh

३० जेष्ठ २०८२, शुक्रबार १३:४३

रौतहटः पकाहामैनपुर गाउँपालिका ३ मैनपुरमा शुक्रबार सडक तथा नाला ढलान कार्यको शिलान्यास गरिएको छ । मधेश प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवको पहलमा ४५ लाख रुपैयाँको बजेट निकासा गरी उक्त निर्माण कार्य अघि बढाइएको हो ।

पकाहामैनपुरका नेकपा एमालेका युवा नेता अखलेश साहले सो कार्यको शिलान्यास गरेका हुन् । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

योजना अन्तर्गत मैनपुर क्षेत्रको प्रमुख सडक र नालाको ढलान गरिनेछ । जसबाट यातायात सहज हुने र वर्षायाममा हुने जलजमावको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै नेता साहले प्रदेश सरकारको सहयोगमा अघि बढेको विकास योजनालाई सफल पार्न स्थानीय तह, राजनीतिक दल र जनताको साझा जिम्मेवारी रहेको बताए । उनले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्