अनेरास्ववियुको केन्द्रीय सदस्यमा खनाल निर्वाचित, उपाध्यक्षमा सर्लाहीकी सिवाकोटी


eShilalekh

३० जेष्ठ २०८२, शुक्रबार १५:३९

सिमराः नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय सदस्यमा सम्राट खनाल (सरोज) निर्वाचित भएका छन् ।

खनाल मधेश प्रदेश भूगोलबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । खनालले २६ मत पाएका थिए । खनाल अनेरास्ववियु बाराका अध्यक्ष हुन् भने नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीको लेखा समिति संयोजक हुन् ।

खनालसहित मधेश प्रदेश भूगोलबाट अन्य तीन जना निर्वाचित भएका छन् भने दुई जनाको मत बराबर भएको छ । निर्वाचित हुनेमा आशिफ अहमद, पुरुषोत्तम कुमार चौधरी र आशिषकुमार दाहाल रहेका छन् । अहमदले ५२, चौधरीले ४६ र दाहालले ४० मत पाएका थिए ।

यसैगरी करण देवकोटा र दीपककुमार यादवको मत बराबर भएको छ । देवकोटा र यादवले समान ३० मत पाएका छन् ।
यता बाराकै लक्ष्मी तिमिल्सिना भने पराजित भएकी छिन् । मधेश प्रदेश भूगोलाबाट केन्द्रीय सचिवालय सदस्यमा उम्मेदवारी दिएकी तिमिल्सिना सर्लाहीकी कायरा पोखरेलसंग पराजित भएकी हुन् । पोखरेलले ६ सय १५ मत प्राप्त गर्दा तिमिल्सिनाले चार सय ९३ मत पाएकी छिन् ।

मधेश प्रदेश खुल्लामा आठ सय २९ मत प्राप्त रौतहटका दीपक सापकोटा निर्वाचित भएका छन् । यसैगरी मधेश प्रदेश महिलामा मनिषा चौधरी र स्मृति श्रेष्ठ निर्वाचित भएका छन् ।

पदाधिकारीमा सर्लाहीका सिवाकोटी र खान निर्वाचित

अनेरास्ववियुको केन्द्रीय पदाधिकारीमा सर्लाहीका दुई जना निर्वाचित भएका छन् । सात सय ७५ प्राप्त गर्दै अञ्जना सिवाकोटी उपााध्यक्षमा र दुई सय ७३ मत प्राप्त गर्दै समीम बाबु खान सचिवमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्