पथलैयास्थित धर्मेश्वर महादेव मन्दिर संरक्षण समितिका नव निर्वाचित पदाधिकारीले लिए सपथ


eShilalekh

३० जेष्ठ २०८२, शुक्रबार २०:२८

पथलैया: बाराको पथलैयास्थित धर्मेश्वर महादेव मन्दिर संरक्षण समितिका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूले आइतबार सपथ ग्रहण गरेका छन् । निर्वाचित नयाँ नेतृत्वलाई निर्वाचन समिति संयोजक मदन कंसकारले सपथ गराएका हुन्।

सपथसँगै पदाधिकारीहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो। सपथ ग्रहण कार्यक्रममा समितिका सल्लाहकार, समाजसेवी र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

यसअघि आइतबार सम्पन्न अधिवेशनले पार्वती फुल्जेलको अध्यक्षतामा सर्वसम्मत् नयाँ नेतृत्व चयन गरेको थियो। समितिको उपाध्यक्षमा नवराज अधिकारी, सचिवमा भुवन थापा, कोषाध्यक्षमा विष्णु पौडेल चयन भएका थिए । यस्तै, सदस्यमा हरि श्रेष्ठ, सतेन्द्र साह, लक्ष्मी थापा, पार्वती लम्साल, सिता आचार्य, सिता थापा र सम्झना भट्टलाई चयन गरिएको थियो ।

समितिले आगामी दिनमा मन्दिरको संरचना विस्तार, धार्मिक गतिविधि सुदृढीकरण र समाजमा सांस्कृतिक चेतना फैलाउने कामलाई प्राथमिकता दिने बताएको छ।

प्रतिक्रिया दिनुहोस्