औद्योगिक क्षेत्रको ट्रेड युनियन निर्वाचनमा एमाले निकट ‘व्हिन’ विजयी


eShilalekh

३० जेष्ठ २०८२, शुक्रबार २२:२६

सिमरा: हेटौंडा औद्योगिक क्षेत्रस्थित गोर्खा लहरी प्रालिमा सम्पन्न आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेकपा एमाले निकट समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) विजयी विजयी भएको छ ।

निर्वाचनमा व्हिन र नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ सम्बद्ध अखिल नेपाल औद्योगिक मजदुर संघबीच प्रतिस्पर्धा भएको थियो ।

निर्वाचनमा व्हिन २१ मतको मतान्तरले निर्वाचित भएको हो । मतदानमा एक सय सात मतदाता सहभागी भएका थिए । व्हिनले ६४ मत प्राप्त गर्दा अखिलले ४३ मत प्राप्त गरेको थियो।

निर्वाचनपछि व्हिनले बिजय उत्सवसहित कोणसभा आयोजना गरेको थियो। सभामा व्हिनका केन्द्रीय अध्यक्ष आनन्द थामीले विजयी श्रमिकमैत्री नीति, अनुशासित उत्पादन र जिम्मेवार नेतृत्वकै कारण श्रमिकले व्हिनलाई विश्वास गरेको बताए । थामीले नव निर्वाचित टिमलाई अनुशासन, उत्पादन र श्रमिकका हकहितमा सक्रिय भएर काम गर्न सुझाव दिए ।

कोणसभामा व्हिन मकवानपुरका उपाध्यक्ष प्रमिला बिडारी, श्रमिक नेता शेखर ढुंगाना, जिफन्ट प्रदेश सदस्य लालकृष्ण प्याकुरेललगायतले शुभकामना व्यक्त गरेका थिए ।  कार्यक्रममा व्हिन मकवानपुरका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण माधव अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्