जीतपुरसिमरा ४ का वडाध्यक्ष खत्रीलाई पितृशोक

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका ४ का वडाध्यक्ष भोजबहादुर खत्री (इश्वर) लाई पितृशोक परेको छ। उनका ६६ वर्षीय बुवा मानबहादुर खत्रीको आइतबार निधन भएको हो ।
खत्रीको शव जीतपुरसिमरा १५ स्थित जंगलमा झुण्डिएको अवस्थामा फेला परेको थियो । चार दिनअघि काठमाडौंबाट सिमरा आएका खत्री आइतबार बिहान घरबाट निस्किएका थिए।
खत्रीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । खत्रीको शवको शल्यपरीक्षण गरी राति नै अन्त्येष्टि गरिएको छ ।
वडाध्यक्ष खत्रीलाई पितृशोक परेको खबरपछि विभिन्न दलका प्रतिनिधि तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।