२२ किलो लागू औषध गाँजासहित एकजना पक्राउ

सिमरा: बारा प्रहरीले २२ किलो लागूऔषध गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय सिमराको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका ८ स्थित इम्लीप्रतिबाट गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार दुई वटा बोरामा लुकाएर गाँजा लैजाँदै गरेको अवस्थामा स्थानीय ४५ वर्षीय रामपुकार सहनीलाई नियन्त्रणमा लिईएको छ । पक्राउ परेका सहनी सोही वडाको लोसण्डा बस्तीका बासिन्दा हुन् ।
पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धानसहित कानूनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।