अमलेखगञ्जमा बाघको आक्रमणबाट एकको मृत्यु

सिमरा: बाराको जीतपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जमा बाघको आक्रमणबाट एक स्थानीयको ज्यान गएको छ । बाघको आक्रमणबाट मारिनेमा जीतपुरसिमरा २१ का ५० वर्षीय चन्द्रबहादुर ब्लोन रहेका छन् ।
ब्लोनको शव दक्षिणकाली सामुदायिक वन क्षेत्रको जंगलमा बुधबार बिहानक्षतविक्षत अवस्थामा फेला परेको हो । ब्लोन मंगलबार दिउँसो बाख्रा चराउन जंगल गएका थिए ।
जंगलबाट नफर्किएपछी उनको खोजी भइरहेको थियो । जंगलमा खोज्दै जाने क्रममा बाघले खाइरहेकै अवस्थामा शव फेला परेको जीतपुरसिमरा २१ वडाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिए ।
शव फेला परेपछि तत्कालै प्रहरी, जनप्रतिनिधि र स्थानीयबासी घटनास्थल पुगेका छन् ।
अविवाहित ब्लोन लामो समयदेखि दिदीभिनाजुको घरमा बस्दै आएका थिए।