सूर्य नेपालद्वारा नेपाल राष्ट्रिय मावि सिमरालाई स्मार्ट डिजिटल बोर्ड हस्तान्तरण


eShilalekh

५ असार २०८२, बिहीबार १८:२२

सिमराः सूर्य नेपाल प्रा.लि. सिमराले जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई चारवटा स्मार्ट डिजिटल बोर्ड हस्तान्तरण गरेको छ ।

संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शैक्षिक क्षेत्रमा लगानी गर्दै आइरहेको सूर्य नेपालले विद्यालयलाई चारवटा स्मार्ट डिजिटल बोर्ड हस्तान्तरण गरेको हो ।

विद्यालयले आयोजना गरेको एक कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी र सूर्य नेपालका यज्ञ बहादुर आलेले संयुक्त रूपमा स्मार्ट डिजिटल बोर्डको उद्घाटन गरेका छन् ।

नगर उपप्रमुख अधिकारीले सूर्य नेपालले शिक्षा र समाजका लागि गरेको योगदानबारे प्रशंसा गर्दै स्थानीय सरकारले पनि प्रविधिमैत्री शिक्षालाई जोड दिँदै गुणस्तरीय शिक्षाका लागि काम गरिरहेको बताए ।

यसैगरी सुर्य नेपाल प्रालिका सुरक्षा प्रबन्धक यज्ञबहादुर आलेले वर्तमान युग प्रविधिमैत्री बन्दै गइरहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई पनि प्रविधिमा दक्ष र स्मार्ट बनाउने उद्देश्यले विद्यालयलाई डिजिटल बोर्ड प्रदान गरिएको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूर्य नेपालका आशिस अधिकारी, वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष विनोद मण्डल, प्रधानाध्यापक शकरकुमार आचार्य, सहायक प्रधानाध्यापक अच्युतदेव सिटौला, उमेश चौधरी, विद्यालय व्यवसथापन समितिका सदस्य लिला रिजाल, फूलमाया थिग, रोशन ठाकुर, रामकिशो झा सीताराम पराजुली मनोजकुमार पोख्रेल, शिक्षक तथा विद्याथीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्