बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव अख्तियारको नियन्त्रणमा


eShilalekh

६ असार २०८२, शुक्रबार १३:१९

वीरगन्जः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवलाई शुक्रबार नियन्त्रणमा लिएको छ ।

पोखरिया र बहुदरमाई नगरपालिकाको विभिन्न योजनाहरूको स्वीकृति, खरिद आदेश र ठेक्कासम्बन्धी प्रक्रियामा नियमविपरीत कार्य गरेको भन्दै अख्तियारले श्रीवास्तवलाई नियन्त्रणमा लिएको हो ।

सार्वजनिक पदको दुरुपयोग गर्दै व्यक्तिगत लाभ लिने मनसायले काम गरेको देखिएपछि नियन्त्रणमा लिएको अख्तियारको भनाई छ । श्रीवास्तवविरुद्धको अनुसन्धान प्रारम्भिक चरणमा रहेको र प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्