मधेश मिडिया काउन्सिलले पायो पूर्णता, चार सदस्य नियुक्त


eShilalekh

६ असार २०८२, शुक्रबार १५:११

सिमराः मधेश सरकारले मधेश मिडिया काउन्सिलको बोर्ड सदस्यमा चार जनालाई नियुक्त गरेको छ । लामो समयदेखि रिक्त सदस्य पदमा मधेश सरकारले शुक्रबार चार जनालाई नियुक्त गरेको हो ।

नियुक्त हुनेमा सर्लाहीकी बन्दन झा, धनुषाकी रिंकु मिश्र, धनुषाका सुरेश यादव र सप्तरीका मुन्ना पासमान रहेका छन् । मधेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको उपस्थितिमा उनिहरुलाई नियुक्तिपत्र प्रदान गरिएको थियो ।

चार जनाको नियुक्तीसंगै मधेश मिडिया काउन्सिलले पूर्णता पाएको छ । सरकारले यसअघि काउन्सिलको अध्यक्षमा कमलकुमार उपाध्यायलाई नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्