अशोक स्टीलमा काम गर्ने क्रममा एक मजदुर घाइते

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका ५ स्थित अशोक स्टीलमा काम गर्ने क्रममा जलेर शुक्रबार एक मजदुर घाइते भएका छन् । घाइते हुनेमा स्थानीय अनिल पासवान रहेका छन् ।
करिब २० वर्षीय पासवानको एलएस न्यूरो अस्पतालमा उपचार भईरहेको छ । पासवानको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डिएसपी) वेद जोशीले जानकारी दिए ।
उद्योगमा काम गर्ने क्रममा ग्याँसको पाइप फुत्किँदा पासवान घाइते भएका थिए । पासवानको अनुहारसहित शरीरको १० प्रतिशत भाग जलेको अस्पतालमा रहेको परिवारले जानकारी दिएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका ५ का वडाध्यक्ष दीपेन्द्र चौधरीले अस्पतालमा उपचाररत पासवानको अवस्था गम्भीर नरहेको बताए ।