रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु


eShilalekh

७ असार २०८२, शनिबार १५:२७

रौतहट: रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा शुक्रबार राति करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। करेन्ट लागेर रामदासी गाउँका २२ वर्षीय सावल कुशवाहाको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद यादवका अनुसार कुशवाहा आफ्नै खेतमा पानी तान्नका लागि विधुत पोलबाट तार जडान गर्ने प्रयास गरिरहेका बेला करेन्ट लागेको थियो। करेन्ट लागेपछि उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

घटनापछि मृतकको शव शल्यपरीक्षणका लागि चन्द्रनिगाहपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

खेतमा सिँचाइका लागि प्रयोग गरिने विद्युत् उपकरण र असुरक्षित जडानका कारण यस प्रकारको घटना पटकपटक हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्