पर्सामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु


eShilalekh

८ असार २०८२, आईतवार १५:३७

सिमराः पर्साको बहुदरमाई नगरपालिका ५ पटनीमा शनिबार राति भएको सवारी दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार पूर्वी चम्पारणका ३८ वर्षीय नरेश साह वर्णवाल रहेका छन् ।

महुवनबाट डकैलातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बि आर ०१ प ४४०९ को सुमो र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । ठोक्किएपछि दुवै सवारी सडकबाट झण्डै ४ मिटर तल खस्दा आगलागी भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक वर्णवाल गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै वीरगन्जस्थित नारायणी अस्पताल पुर्याइएको थियो । तर उपचारका क्रममा राति १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार पर्साको बहुदरमाई ५ का १९ वर्षीय रोशनकुमार वर्णवाल घाइते छन् । उनको नारायणी अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनामा दुवै सवारी साधन पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

घटनापछि सुमो चालक भने फरार भएका छन् । उनको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्