सप्तरीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक घाइते


eShilalekh

८ असार २०८२, आईतवार १७:०५

सप्तरी: सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ मा आइतबार दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

भलुवा जाने बाँधको भित्री सडकमा को१०प ५६२ नम्बरको मोटरसाइकल र बा५५प ६६३९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा को१०प ५६२ नम्बरका चालक कञ्चनरुप नगरपालिका १ बैरबाका ३४ वर्षीय ओमप्रकाश पञ्जियार र बा५५प ६६३९ नम्बरका चालक शम्भुनाथ नगरपालिका ११ राजपुरका १९ वर्षीय अविनाश मण्डलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।

पञ्जियारलाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएको थियो भने मण्डललाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको थियो ।

दुर्घटनामा घाइते भएका ३० वर्षीय सुभाष महतोको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्