बुढानीलकण्ठमा मारिएका निजगढका लामाको हत्या अभियोगमा चार पक्राउ


eShilalekh

८ असार २०८२, आईतवार १९:१७

सिमराः बारा निजगढका एक युवकको काठमाडौंको बुढानीलकण्ठमा कुटपिट गरी हत्या गरिएको घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । निजगढ ८ का जितबहादुर तामाङका ३२ वर्षीय छोरा कृष्ण लामाको कुटपिटबाट मृत्यु भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा निजगढ ७ का २९ वर्षीय सुगन्ध लामा, निजगढ ५ का १८ वर्षीय सौगात क्षेत्री, मकवानपुर बकैया गाउँपालिका २ का २३ वर्षीय निशान जिम्भा र मकवानपुर घर भई बुढानिलकण्ठ ५ बस्ने ३२ वर्षीय विकास लामा लो रहेका छन् ।

प्रहरीका अनुसार असार ६ गते शुक्रबार राति कृष्ण लामा आफ्ना साथी विकास लामाकी बहिनीको जन्मदिन मनाउन टुसालस्थित उनको कोठामा गएका थिए । सोही बेला कृष्णमाथि कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले जानकारी दिए ।

बोहराले हत्याको थप कारण खुल्न नसकेको र अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्