पत्नी हत्या आरोपमा पति पक्राउ

वीरगन्जः पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका ४ मा पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय सफिराजा मियाँ रहेका छन् ।
प्रहरीले उनलाई २१ वर्षीय पत्नी लालबीबी खातुनको घाँटी थिची हत्या गरेको आरोपमा पक्राउ गरेको हो । प्रहरीका अनुसार मियाँले असार ७ गते आफ्नो घरको सुत्ने कोठामा पत्नीको हत्या गरेको प्रहरीको भनाई छ ।
मियाँलाई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा पतिपत्नीबीच बोलचाल नरहेको र सोही कारण हत्या भएको देखिन आएको प्रहरीको भनाई छ ।